Section 36
राष्ट्र बैंकले शर्त तोक्न सक्ने
(१) दफा ३४ बमोजिम बैंकिङ्ग तथा वित्तीय कारोबार गर्ने इजाजतपत्र प्रदान गर्दा बैंक वा वित्तीय संस्थाको विद्यमान अवस्था, वित्तीय कारोबारको स्वस्थ सञ्चालन तथा निक्षेपकर्ताको हितलाई ध्यानमा राखी राष्ट्र बैंकले आवश्यक शर्त तोक्न सक्नेछ । त्यस्तो शर्तको पालना गर्नु सम्बन्धित बैंक वा वित्तीय संस्थाको कर्तव्य हुनेछ । (२) उपदफा (१) बमोजिम तोकिएको शर्तमा राष्ट्र बैंकले समय समयमा आवश्यकता अनुसार थपघट तथा हेरफेर गर्न सक्नेछ ।